१२ हजार उद्योगमा एक खर्ब ३३ अर्ब लगानी

रातोपाटी

अर्जुन आचार्य

अर्थतन्त्रको मेरुदण्ड उद्योग हो । कोशी प्रदेशको राजधानी विराटनगर औद्योगिक सहर पनि हो । नेपालकै पहिलो औद्योगिक सहर भइकन पनि विराटनगर यतिबेला अन्य ५ सहरभन्दा पछि छ । संघीयताको विकाससँगै उद्योगधन्दा, कलकारखाना बढ्ने, रोजगारी सिर्जना हुने र उत्पादन बढ्ने धेरैको अपेक्षा छ र थियो । केन्द्रीय तथ्याङ्क विभागले गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण अनुसार कोशी प्रदेशमा १२ हजार उद्योग प्रतिष्ठानमा एक खर्ब ३३ अर्ब लगानी छ । जसमा ७३ हजार मजदुर संलग्न छन् ।

प्रकाशित मिति: : 2023-04-21 10:50:00

प्रतिकृया दिनुहोस्