गृहमन्त्रीकाे वाचा– मिटरब्याज शोषणको अन्त्य गरेरै छाड्छु (भिडियाे)

गृह मन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज शोषणको अन्त्य गरेरै छाड्ने वाचा गरेका छन्। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो वाचा गरेका हुन्।

‘अब हामीले मिटरब्याज शोषणको त्यो रुपलाई अन्त्य गरेरै छाड्छौँ,’ गृह मन्त्री श्रेष्ठले भने, ‘त्यसको लागि हामी तीन/चार वटा कार्यमा जोड दिनेछौँ।’

उनले मिटरब्याज समस्या समाधानका बनाएका योजनाहरुसमेत सुनाए। जसमा मिटरब्याज समस्या समाधानको लागि कानुन बनाउने, मिटरब्याज पीडितका उजरी लिएर अध्ययन गर्ने र हरेक जिल्लामा विशेष संयन्त्र बनाएर काम गर्ने योजनाहरु उल्लेख छन्।

प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, वकिल, नापी, बैंक र आन्दोलनकारीसहितको विशोष संयन्त्र बनाएर मिटरब्याज पीडितका कुरा सुन्ने र सो अनुसार अयोगसँग सहकार्य गर्ने उनले बताए।

उनले मिटरब्याज समस्या समाधानमा थप के गर्ने सकिन्छ ? भने पत्ररकाहरूसँग सुझावसमेत मागेका थिए।

भिडियाे:

प्रकाशित मिति: : 2023-04-18 14:51:00

प्रतिकृया दिनुहोस्