सेक्युरिटी प्रिन्टिङ खरिदमा ६९ करोड घोटाला भएकाे अख्तियारकाे ठहर

विकल पौडेलसहित ९ जनाविरुद्ध मुद्दा दर्ता

अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलविरुद्ध ६९ करोड ८ लाख बिगो मागसहित मुद्दा दर्ता भएकाे हाे।

पावर सिस्टम खरिदमा बोलपत्रमा मिलेमतो, अस्वाभाविक लागत अनुमान स्वीकार, गुणस्तरहीन इलेक्ट्रिक ट्रान्सफर्मरलाई भुक्तानीदेखि औचित्यहीन बल्क फ्युल टेंक सिस्टमको खरिद गरेर भ्रष्टाचार भएको पाइएकाे अख्तियारकाे ठहर छ।

आयोगले ९ जनासँग २ अर्ब ६९ करोड ४० लाखभन्दा बढी बिगो मागवादी लिएर विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारकाअनुसार पाैडेलसहित मेकानिकल सि.डि.ई नवीनकमार पोखरेल, सहायक निर्देशक रमेशप्रसाद पोखरेल, शाखा अधिकृत मनिकमान महर्जन, लेखा अधिकृतबाट सेवानिवृत रामबहादुर बुढा, शाखा अधिकृत शिरिष उपाध्याय, इन्जिनियरिङ मार्केटिङ प्रा.लि.का प्रबन्ध निर्देशक रोहितमान प्रधान, मेपटेक बिल्डिङ सर्भिसेस प्रा.लि.का निर्देशक भुवन मर्हजन र परामर्शदाता वास्तुशिल्प एसोसियट्सका प्रबन्ध निर्देशक मित्रलाल गुरौ गरी ९ जनाविरुद्ध मुद्दा दायर भएको हो।

विज्ञप्तिः

प्रकाशित मिति: : 2023-04-16 17:12:00

प्रतिकृया दिनुहोस्