अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पद्वारा आत्मसमर्पण, हिरासतमा 'मिस्टर प्रेसिडेन्ट'

डा. प्रदीप भट्टराई

न्युयोर्क, अमेरिका

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले पूर्वी समयअनुसार अपरान्ह १ बजेर २४ मिनेटमा आत्मसपर्पण गरेका छन्। उनले न्युयोर्कको म्यानहट्टनस्थित कोर्टहाउसमा आत्मसमर्पण गरेका हुन्। अहिले उनी कानूनी भाषामा अदालतको हिरासतमा छन्। 

ट्रम्प आफूविरूद्ध लगाइएका ३० अपराधिक मुद्दाको सुनुवाइका लागि सोमबार गृहराज्य फ्लोरिडाबाट न्युयोर्क आएका थिए । उनले आफ्नो पूर्वनिबास ट्र्प टावरको पेन्टहाउसमा सोमबार राति एक नमिठो रात गुजारे।

भारी सुरक्षाबीच कोर्टहाउस पुगेका ट्रम्प कोर्टहाउसको मूलगेटबाट भित्र प्रवेश गर्ने वित्तिकै कानूनी भाषामा हिरासतमा लिइए। अहिले उनी हिरासतमा छन्।

तर, यो दुर्लभ दृश्य कसैले पनि हेर्न पाएका छैनन्। मिडियाहरूले प्रत्यक्ष प्रसारणका लागि गरिएको अनुरोध ट्रम्पले अस्विकार गरेपछि उनकै अनुरोधमा न्यायाधीश हुवान मर्चन्टले क्यामरा प्रवेशमाथि रोक लगाइ दिए।

अमेरिकाको इतिहासमै पहिलोपटक कुनै वहालवाला वा पूर्वराष्ट्रपति अपराधिक मुद्दा लागेर अदालत पुगेका हुन्। उनीविरूद्ध ३० वटा जालसाजीसम्बन्धी आरोप लगाइएका छन्। त्यसमध्ये पनि पोर्नस्टार स्टर्नी डेनियल्सलाई चुप लगाउन दिइएको एकलाख ३० हजार घुस केन्द्रीय अभियोग हुने अनुमान गरिएको छ।   

हरेक समय आफ्ना विरोधीलाई लकअप लकअप भन्दै आएका ट्रम्प अन्तत: आफैं लक्ड अप भएका छन्। 

आफ्नो राष्ट्रपति हिरासतमा पुगेको यो दृश्य अमेरिका र अमेरिकी प्रतिष्ठाका लागि प्रिय घटना हैन। यो अद्भूत घटनालाई कसरी सम्हाल्ने स्वयं अमेरिका पनि अन्यौलमा छ। 

अमेरिकी मिडियाले यस घटनालाई एक अद्भूत घटनाका रूपमा बढो महत्वका साथ प्रस्तुत गरिरहेका छन्। अमेरिकीहरू त यो घटनालाई महत्वका साथ हेरिरहेकै छन् नि, सारा संसार पनि यसलाई उत्सुकताका साथ हेरिरहेका छन्।

प्रकाशित मिति: : 2023-04-04 23:18:00

प्रतिकृया दिनुहोस्