चितवन–२ मा एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने उम्मेदवार हुने भएका छन्।
एमाले जिल्ला कमिटीको आज बसेको बैठकले वैशाख १० गते हुने उपनिर्वाचनमा न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
गत मंसिर ४ गतेको निर्वाचनमा चितवन–३ बाट सर्वसम्मत सिफारिस भएका उनी उम्मेदवार बन्न पाएका थिएनन्।