प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् पुनर्गठन, कसलाई कुन मन्त्रालय ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। प्रधानमन्त्री प्रचण्डले शुक्रबार सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। 

जसमा कांग्रेसबाट पूर्णबहादुर खड्का उपप्रधानसहित रक्षा, डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।

यसैगरी माओवादीबाट नारायणकाजी श्रेष्ठले गृह मन्त्रालय पाएका छन्। उनी यसअघि भौतिक पूर्वाधार मन्त्री बनेका थिए। माओवादीबाटै शक्ति बस्नेतले ऊर्जामन्त्रीको जिम्मेवारी पाएका छन्।

नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल कृषि तथा पशुपन्छी र प्रकाश ज्वाला भौतिक पूर्वाधार मन्त्री बनेका छन्। यस्तै जसपाबाट अशोक राईले शिक्षा मन्त्री पाएका छन् भने लोसपाबाट शरतसिंह भण्डारीले श्रम मन्त्रालय पाएका छन्।

नेपाल समाजवादीबाट पार्टीबाट महेन्द्रराय यादवले महिला बालबालिका र नागरिक उन्मुक्तिबाट रञ्जिता श्रेष्ठले भूमि व्यवस्था मन्त्रीकाे जिम्मेवारी पाएका छन्।

प्रकाशित मिति: : 2023-03-31 15:31:00

प्रतिकृया दिनुहोस्