प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन्।
मन्त्रालयको भागवण्डा मिलाउन प्रधानमन्त्री प्रचण्डले गठबन्धन दलका शीर्ष नेताहरूसँग बेग्लाबेग्लै छलफल गरिरहेका छन्।
मन्त्रिपरिषद् विस्तार गर्दा विश्वासको मत दिने सबै दललाई समेट्ने प्रयासमा रहेका प्रचण्डले करिब–करिब मन्त्रालयको भागबन्डा टुंगो लगाइसकेकाे एकीकृत समाजवादी नेता प्रकाश ज्वाला बताउँछन्।
बालुवाटार स्राेतकाअनुसार शुक्रबार दिउँसोसम्म सत्तासीन दलले नयाँ मन्त्रीहरूको अन्तिम नामावली प्रधानमन्त्रीकहाँ पठाउँदैछन्।
एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक राज्यमन्त्रीसहित २–२ मन्त्रालय पाउनेछन्। लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र नेपाल समाजवादी पार्टीले १–१ वटा मन्त्रालय पाउने प्रधानमन्त्रीनिकट स्राेतकाे दाबी छ।
नेपाली कांग्रेस
पूर्णबहादुर खड्का– उपप्रधानसहित रक्षा मन्त्रालय
डा. प्रकाशशरण महत– अर्थ मन्त्रालय
धनराज गुरुङ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
एनपी साउद– सहरी विकास मन्त्रालय
सीता गुरुङ– भूमि व्यवस्था मन्त्रालय
डिगबहादुर लिम्बु– कानुन मन्त्रालय
मोहनबहादुर बस्नेत– स्वास्थ्य मन्त्रालय
माओवादी
नारायणकाजी श्रेष्ठ– गृह मन्त्रालय
रेखा शर्मा– सञ्चारमन्त्री मन्त्रालय
सुदन किराँती– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
अमनलाल मोदी–
एकीकृत समाजवादी
वेदुराम भुसाल– शिक्षा मन्त्रालय
प्रकाश ज्वाला– भौतिक पूर्वाधार मन्त्रालय
लोकतान्त्रिक समाजवादी
शरतसिंह भण्डारी– श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
नेसपा
महिन्द्र राय यादव–
नागरिक उन्मुक्ति
रञ्जिता श्रेष्ठ–