नेपाली कांग्रेसले मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ।
पार्टी कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मन्त्री छान्ने जिम्मा देउवालाई दिएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए।
उनका अनुसार पार्टीले तोकेको योगदान, दक्षता, समावेशी र प्रादेशिक सन्तुलन मिलाएर देउवाले मन्त्रीकाे नाम प्रधानमन्त्रीलाई पठाउने छन्।
कांग्रेसकाे भागमा ८ मन्त्रालय परेको छ। आज साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ।