सनीराज शाक्य
पर्यटकको आवरणमा नेपालमा बसेर अनलाइन व्यापारको नाममा ठगी धन्दा चलाउने ९ चिनियाँ र १० नेपालीलाई प्रहरीले पक्राउ गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी धन्दमा संलग्न रहेको आरोपमा पक्राउ परेका ९ चिनियाँ नागरिकलाई बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
चिनियाँ नागरिकको ठगी धन्दाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी गराएपछि उनीहरुको फोटो र भिडियो खिच्न पत्रकारहरु कार्यालयमा प्रवेश गरेका थिए।
सुरुमा चिनियाँहरु मौन बसेका थिए, जब पत्रकारले फोटो र भिडियो खिच्न थाले त्यसपछि भने उनीहरुले प्रहरीविरुद्ध नै नाराबाजी सुरु गरेका थिए। त्यती मात्र होइन उनीहरु प्रहरी कार्यालय भित्रै भुँइमा सुतेर बिरोध जनाए।
चर्काे स्वरुमा उनीहरुले एम्बीसी एम्बीसी...भन्दै प्रहरीविरुद्ध नाराबाजी गरेका थिए। नाराबाजीको स्वर चर्काे बनाउन थालेपछि उनीहरुलाई पत्रकारको माझबाठ हटाइएको थियो।
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
प्रतिक्रिया