चैतेदशैँमा गाउँपालिकाले दियो सार्वजनिक बिदा तर ‘प्रदेशको नामै बिर्सियो’

रोल्पाको सुनछहरी गाउँपालिकाले चैतेदशैँ मनाउन सार्वजनिक बिदा दिएको छ।

गत माघ २३ गते बसेको गाउँकार्यपालिका बैठक र माघ २४ गते बसेको १३औँ गाउँसभाले चैत्र १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

गाउँपालिकाभित्रका सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ–संस्था, शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको उपाध्यक्ष ननकला घर्तीले बताइन्।

आज देशभर चैतेदशैँ उत्सव मनाइँदैछ।

तर, चैतेदशैँमा सार्वजनिक बिदा दिएर सामाजिक सञ्जालमा चर्चा कमाएको सुनछहरी गाउँपालिकाले भने लुम्बिनी प्रदेशको नाम बिर्सिएर प्रकाशित सूचनामा ‘५ नं प्रदेश’ लेखेको छ।

प्रकाशित मिति: : 2023-03-29 07:48:00

प्रतिकृया दिनुहोस्

    पुरानो लेटरप्याड होला के ठुलो कुरा भयो र समाचार नै बनाउनु पर्ने 👍️

    • एक बर्ष अगाडि
    • द्द्द्द्द्द dgdg