बिएल संवाददाता
कोशी प्रदेशको नामकरण खारेजीको माग गर्दै आन्दोलन गरिरहेका पहिचान पक्षधर र प्रहरीबीच विराटनगरमा झडप भएको छ।
विराटनगरको रोडशेष चौक आसपासमा आन्दोलनकारीले प्रहरीको घेरा तोड्न खोजेपछि झडप सुरु भएको मोरङका प्रहरी प्रमुख दीपक पोखरेलले जानकारी दिए।
उनका अनुसार आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ। आन्दोलनलाई शान्त पार्न यतिबेला ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
रोडशेष चौकमा रहेको बिग होटलमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन भन्दै पहिचानवादीहरु त्यहाँ पुगेका थिए।
प्रहरी र आन्दोलनकारीबीचको दोहोरो झडपका कारण विराटनगरको रोडशेष क्षेत्र तनावग्रस्त बनेको छ। होटेल आसपासका क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। प्रदर्शनपछि कार्यक्रम स्थगित भएको छ।

कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया