भरतपुर महानगर क्रिकेट संघकाे अध्यक्षमा अनिल अधिकारी सिफारिस

चितवन क्रिकेट संघले भरतपुर महानगर क्रिकेट संघकाे अध्यक्षमा बागमती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष अनिल अधिकारीलाई सिफारिस गरेको छ।

चितवन क्रिकेट संघका पदाधिकारीहरुले सोमबार महानगर प्रमुख रेणु दाहलासमक्ष अधिकारीलाई सर्वसम्मत रुपमा रिफारिस गरेकाे जानकारी गराएका हुन्। अधिकारीले विगत २० वर्षदेखि नेपाल क्रिकेट संघ (क्यान)मा आबद्ध रहेर काम गरिरहेका छन। उनी हाल चितवन क्रिकेट संघका बोर्ड सदस्यसमेत हुन।

क्रिकेटसम्बद्ध संघहरुमा रहेर नेपाली क्रिकेटकाे विकासकाे लागि काम गरिरहेका उनी पूर्व खेलाडीसमेत हुन्।

प्रकाशित मिति: : 2023-03-27 14:24:00

प्रतिकृया दिनुहोस्