नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान

तस्बिर : शनि शाक्य
तस्बिर : शनि शाक्य

नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

गृह मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा गृहसचिव विनोदप्रकाश सिंहले नवनियुक्त महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

दर्ज्यानी चिह्न लगाएपछि नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले प्रहरीको आन्तरिक सदृढीकरण आफ्नो भीष्म प्रतिज्ञा भएको बताएका छन्।

उनले प्रहरीले गर्ने राम्रा काम र विगतमा भएका त्रुटि लुकाएर प्रशासन बलियो नबन्ने जनाउँदै प्रहरीमा सुधार आवश्यक रहेको बताए।

कुँवरलाई सरकारले शुक्रबार प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो। 

प्रकाशित मिति: : 2023-03-26 15:04:00

प्रतिकृया दिनुहोस्