पत्रकार दीपेन्द्रविक्रम तामाङको निधन, सोमबार अन्त्येष्टि गरिने 

पत्रकार दीपेन्द्रविक्रम तामाङको निधन भएको छ। 

मध्यान्ह राष्ट्रिय दैनिकका प्रमुख कार्यकारी अधिकृत तथा कार्यकारी सम्पादक रहेका तामाङको शनिबार निधन भएको हो। 

दुई हप्ताअघि ब्रेन स्ट्रोकका कारण ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत ४३ वर्षीय तामाङको शनिबार दिउँसो निधन भएको थियो। उनको  बौद्ध धर्म परम्पराअनुसार सोमबार काठमाडौंको स्वयम्भूमा अन्त्येष्टि गरिने छ। स्व. तामाङको श्रीमती, एक छोरी र एक छोरा छन्।

उनी पत्रकारितासँगै लेखन, चलचित्र निर्माणमा सक्रिय थिए।  तामाङले जनता टेलिभिजन, नेपाल समाचारपत्र, न्यूज २४ टेलिभिजन, सिटिजन एफएम, रेडियो सगरमाथा, टाइम्स एफएम, इमेज च्यानल, तामाङ टाइम्स, सिनेयात्री मासिक लगायतमा काम गरेका थिए।

प्रकाशित मिति: : 2023-03-26 10:42:00

प्रतिकृया दिनुहोस्