राप्रपा केन्द्रिय सदस्य भण्डारी सहित जिल्ला पार्टी नेतृत्व माओवादी केन्द्रमा प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टी डाेल्पाका केन्द्रीय सदस्य सहित एक दर्जन नेता कार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

शुक्रबार सदरमुकाम दुनैमा आयाेजित जिल्ला समन्वय समितिकाे चाैथाे विस्तारित बैठकमा केन्द्रीय सदस्य बिरमल कुमार भन्डारी,पार्टी सचिब भुपेन्द्र शाही,जिल्ला पार्टी सह-सचिब हरि प्रसाद रोकाया, जिल्ला पार्टी प्रवक्ता हरि प्रसाद डांगी,जिल्ला पार्टी सदस्य ईन्द्र बहादुर शाही,जिल्ला कमिटि सदस्य धनसरा श्रेष्ठ शाही सहित राप्रपा परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

राप्रपा परित्याग गरि माओवादी केन्द्रमा प्रवेश सबैलाई नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य काली बहादुर मल्ल,कर्णाली प्रदेश सभा सदस्य बिरबहादुर शाही,जिल्ला पार्टी इन्चार्ज रामलाल बिक लगायतका जिल्ला नेतृत्वले स्वागत गरेका थिए।

प्रकाशित मिति: : 2023-03-24 16:33:00

प्रतिकृया दिनुहोस्