गोरखाको लार्केपास हिउँमा फसेका दुई नेपालीको उद्धार गरिएको छ।
लार्केपास जाँदै गर्दा हिउँमा फसेका उनीहरुलाई स्थानीयकाे साथमा प्रहरीले बिहीबार बिहान उद्दार गरेकाे हाे।
बुधबार लार्केपासका लागि हिँडेका नवलपुर कावासोतीका सौरभ खनाल र अनिता घलेलाई उद्दार गरिएकाे जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।
उनीहरुलाई अहिले धर्मशालामा राखिएकाे छ। जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी काठमाडाैँ पठाइने प्रहरीले जनाएकाे छ।