‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

लोकान्तर

उजिर मगर

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणमा रमाउने प्रवृत्ति बढेको छ । एकथरी अराजक तत्त्वहरूले आ–आफ्ना गुफाबाट निस्केर नयाँ समस्या पैदा गर्ने प्रयास गरिरहेका छन् ।’ 

प्रधानमन्त्रीको यो धारणाले प्रस्ट पार्छ कि तीन महिना बीचमा आफूले पाएको विश्वासको मतमा उनी ढुक्क छैनन् । मंसिर ४ गते निर्वाचन सम्पन्न भएको चार महिना नबित्दै देखिएको यो अस्थिरताले मुलुकको यात्रा कहाँ पुग्ला भन्ने अनुमान लगाउन मुस्किल परेको छ । प्रधानमन्त्री प्रचण्डकै भनाई उद्धृत गर्दा ‘लोकतान्त्रिक संस्थाहरूविरूद्ध मोहभंग गराउने’ प्रयास भएको छ । दोषारोपण र उनले लक्षित गर्न खोजेको जता भए पनि यसको मूल जड सत्तामोह, राजनीतिक अस्थिरतामा रमाउन चाहनेहरू नै भएको कसैबाट छिपेको छैन ।

प्रकाशित मिति: : 2023-03-22 13:41:00

प्रतिकृया दिनुहोस्