इजिप्ट भ्रमणको अनुभूति र सिकाई

रातोपाटी

डा. शिवराज पण्डित

प्रत्येक व्यक्तिले विद्यालय तहदेखि विश्वविद्यालय तह सम्मका पाठ्यपुस्तक र सन्दर्भ सामग्रीहरु अध्ययन गर्दा धेरै कितावी ज्ञान प्राप्त गरेको हुन्छ । ती कितावीे ज्ञानले मानिसलाई थप उत्सुक र जिज्ञासु बनाएको हुन्छ । कितावी ज्ञान र अनुभवले मानिसलाई उत्सुक र जिज्ञासु नबनाउँदो हो त संसारमा नयाँ नयाँ खोज र आविष्कारहरु हुने थिएनन् । नयाँ दर्शन र विचारहरु पनि जन्मने थिएनन्  ।

कितावी ज्ञानलाई परीक्षण गर्ने महत्वपूर्ण औजार हो, अध्ययन अवलोकन भ्रमण । मैले विद्यालय तहको अध्ययन पूरा गर्दै गर्दा मेरो मनमा कितावी ज्ञानले धेरै उत्सुकता जगाएको थियो । तिनै उत्सुकता र जिज्ञासा मेटाउने क्रममा एसिया महादेशका केही देशहरुको भ्रमण गरेको छु  

अध्ययन अवलोकनका क्रममा प्राप्त अनुभूति र सिकाईहरु मेरो मानसपटलमा अझै ताजै छन् । कतिलाई लिपिवद्ध समेत गरेको छु । कोभिड महामारीका कारण झण्डै दुई वर्ष विदेश यात्रामा विराम लाग्यो । 

प्रकाशित मिति: : 2023-03-21 05:58:00

प्रतिकृया दिनुहोस्