डा. प्रदीप भट्टराई
आज मार्च २०, अन्तर्राष्ट्रिय खुशी दिवश । कतिलाई थाहा छ, कतिलाई थाहा छैन, तैपनि थाहा भएका/नभएका दुबैथरि यो दिवश मनाइरहेका छन् । यही अवसरमा संयुक्त राष्ट्रसङ्घका लागि ‘सष्टेनेबल डेभलपमेण्ट सोलुसन्स नेटवर्क’ले ‘वर्ल्ड ह्याप्पिनेस रिपोर्ट- २०२३ सार्वजनिक गरेको छ।
प्रतिवेदनअनुसार नेपाल विश्वकै ७८औं खुशी राष्ट्र भएको छ । पूर्णांक १० मा ५.३६० प्राप्त गरेर नेपालले यो स्थान हासिल गरेको हो । नेपालको यो स्थान दक्षिण एसियामै पहिलो हो । यसको अर्थ दक्षिण एसियामा नेपाली नै सबैभन्दा बढी खुशी छन् । नेपाल र नेपालीको अन्तर्राष्ट्रिय प्रतिष्ठाका लागि यो गौरवकै कुरा हो ।
प्रतिवेदनमा नम्बर १ फिनल्याण्डदेखि १३७औं अफगानिस्तानसम्म एकसय ३७ देश समेटिएका छन् । सम्बन्धित देशको वार्षिक आय, आयु, उदारता, सामाजिक समर्थन, स्वतन्त्रता, र भ्रष्टाचारको स्तरलाई खुशी मापनको आधार बनाइएको छ ।
केही वर्षयता नेपाल खुशीको सिढी चढ्दै गएको देखिन्छ । गत वर्ष ८४औं स्थानमा रहेको नेपाल यस वर्ष ६ स्थान उक्लदै ७८औं स्थानमा आइपुगेको हो । यसअघि २०२१ मा ८७औं स्थानमा रहेको नेपाल २०२० मा ९२औै स्थानमा थियो ।
दक्षिण एसियाका ८ देशमध्ये माल्दिभ्स र भुटानबाहेक ६ देश प्रतिवेदनमा समेटिएका छन् । प्रतिवेदनअनुसार नेपाल दक्षिण एसियामा सबैभन्दा खुशी देश हो । त्यसपछि क्रमश: पाकिस्तान १०८ औं, बंगलादेश ११८औं, श्रीलंका ११२औं, भारत १२६औं र अफगानिस्तान १३७औं स्थानमा रहेका छन् ।
नेपाल विश्वमा ७८औं खुशी राष्ट्र भएको छ । गत वर्ष ८४औं खुशी राष्ट्र भएको नेपाल यस वर्य ६ स्थान माथि उक्लिएको हो । अझ गजबको कुरा त नेपाल दक्षिण एसियामै नम्बर १ खुशी राष्ट्र भएको छ । यो वरियता चानचुने संस्थाले दिएको हैन, संयुक्त राष्ट्र संघले दिएको हो । आज मार्च २०, अन्तर्राष्ट्रिय खुशी दिवश मनाइरहेको बेला नेपालीका लागि यो खुशीको समाचार सार्वजनिक भएको हो ।
नेपालको धरातलीय यथार्थलाई हेर्दा यो प्रतिवेदन पनि त्यति विश्वसनीय हो भन्न सकिदैन । देशमा सुशासन, पारदर्शिता, जवाफदेहिता, विधिको शासन हराइरहेको छ, सत्ता नै सबैथोक हो भन्ने मानक बनिरहेको बेला देशको युवा पुस्तामा हतासा, निराशा र कुण्ठा बढ्दो छ । देश छोड्ने नेपालीको संख्यामात्र बढिरहेको छैन, अर्को देशको नागरिकता लिनेको संख्या पनि बढ्दो छ ।
यो नै नेपालको अहिलेको धरातलीय यथार्थ हो । तर, धरातलीय यथार्थ यस्तो हुँदाहुँदै पनि विश्व खुशी इन्डेक्समा भने नेपालको खुशीको वरियता भने बढ्दो छ, नेपालीहरूको खुशी चुलिदै गएको छ ।
अब प्रश्न उठ्छ, के साँच्चै नै नेपाली खुशी भएका हुन् वा अरू देशका मानिस नेपाली जति पनि खुशी हुन नसकेका हुन् ? पहिलो सम्भावना त देखिदैन तर दोस्रो सम्भावनालाई भने इन्कार गर्न सकिदैन । आज संसारका हरेक राष्ट्रमा सुखको खोजीमा भौतारिदा मान्छेले खुशी खोसिदैछ । तथ्याङ्क र प्रतिवेदनले जे देखाए पनि अहिलेको विश्वको वास्तविकता यही हो ।
नेपाल पनि यो मानेमा अछुतो रहन सक्दैन ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया