छाेरी छाडेर आमा परपुरुषसँग भागेपछि समस्यामा परिवार, खाेजीकाे लागि श्रीमानले गरे अपिल

बिएल संवाददाता

नयाँ दिल्ली

जाजरकाेटकाे भेरी नगरपालिका– १२ घर भई भारतमा बस्दै आएकी विपना विश्वकर्मा छाेरी छाडेर परपुरुषसँग भागेपछि परिवार समस्यामा परेकाे छ।

भारतकाे गुजरातस्थित अहमदावादमा आएकी विश्वकर्मा छाेरी छाडेर सम्पर्कविहीन भएपछि समस्यामा परेका श्रीमान तुलाराम विश्वकर्माले जानकारी दिए।

उनीहरु केही समयदेखि भारतमा राेजगारी गर्दै आएका थिए। राेजगारीकै क्रममा श्रीमति परपुरुषसँग गएपछि अप्ठ्याराेमा परेकाे श्रीमान तुलाराम विश्वकर्माले बताए।

उनले श्रीमतिलाई कहीँ कतै देखेमा निम्न नम्बरमा सम्पर्क गरेर सहयाेग गरिदिनुहुन अनुराेध गरेका छन्।

सम्पर्क नम्बर: 9157348322

प्रकाशित मिति: : 2023-03-20 16:37:00

प्रतिकृया दिनुहोस्