दाँत निकाल्दा आँखा कमजोर हुन्छ । दाँत सफा गर्दा दाँत कमजोर हुन्छ, हल्लिन्छ वा फाटिन्छ । दाँत जन्मँदा नै आयो, छिटो आयो वा आएन तथा दाह्रा भए अलञ्छिन हुन्छ भनी पूजापाठ ग्रहशान्ति र धामी झाँक्री बसालिन्छ । बूढो भएपछि थोते हुनैपर्छ । नदुख्दा वा समस्या नदिँदासम्म उपचार गर्नुहुँदैन जस्ता गलत मान्यता र अन्य रोगहरूको तुलनामा दाँतको रोगलाई गम्भीर नमान्ने हाम्रो प्रवृत्ति छ ।
सरकारी एवं गैरसरकारी सबै क्षेत्रबाट दन्त चिकित्सालाई आधारभूत स्वास्थ्य नमानी विलासिता र कास्मेटिक उपचार मानिने, दुईसेट दाँत भएकाले दूधेलाई फेरिने त हो भनेर र ३२ वटामा एक–दुईवटा दाँत बिग्रँदै र निकाल्दैमा के हुन्छ र ? दाँत दुखेको बेला ज्यादै सहन नसक्नेगरी दुख्ने र कहिलेकाहीँ दुखाइ कम गर्ने औषधि खाँदा पनि नियन्त्रण नहुने भएकाले पछि फेरि त्यस्तै दुःख दिन्छ भन्ने डर आदिले दन्त स्वास्थ्यसम्बन्धी अशिक्षा, गरिबी, दन्तस्वास्थ्य जनचेतनाको कमी, स्वास्थ्य सुविधाको पहुँको कमी दर्शाउँछ