को हुन् स्टर्मी डेनियल जसलाई ट्रम्पले एकलाख डलर तिरे ?

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार आफू पक्राउ पर्न सक्ने बताएसँगै उनी के कारणले पक्राउ पर्न लागेको भन्ने प्रश्न फेरि एकपटक लाइमलाइट आएको छ।

अनि यो प्रश्नसँगै नीलो चलचित्रकी नायिका तथा निर्देशक स्टर्मी डेनियल पनि चर्चामा आएकी छिन्।

अहिले ट्रम्प पक्राउ पर्ने सम्भावनासँग यिनै पर्न स्टार डेनियलसँगको यौनसम्बन्धको घटना जोडिएको छ। 

बास्तविक नाम स्टेफी क्लिफर्ड रहेकी डेनियलसँग ट्रम्पले २००६ मा डेट गरेका थिए। डेनियलका अनुसार उनीहरूबीच क्यालिफोर्निया र नेभाडाको बीचमा अवस्थित लेक टोहोय होटलमा डेट भएको थियो। डेटका लागि ट्रम्पले नै उनलाई बोलाएका थिए। 

डेनियलले डेटका क्रममा उनीहरूबीच यौनसम्पर्क भएको बताएकी छिन्। तर, ट्रम्प भने उनको दावीलाई अस्विकार गर्दैआएका छन्।

डेनियलले २०११ मा इनटच पत्रिकालाई अन्तर्वार्ता दिदै यो घटनाको खुलासा गरेकी थिइन्। तर, ट्रमप त्यतिबेला एक व्यपारी मात्र भएकाले यो विषयले खासै तुल पक्डेन। त्यसमाथि पनि रंगिला स्वभावका ट्रम्पमाथि यस्तो आरोप नयाँ र अस्वभाविक थिएन। 

तर, जब उनी २०१६ मा  राष्ट्रपतिको उम्मेद्वार भए तब भने यो विषय पेचिलो बन्यो। हुन त त्यतिेबला ट्रम्पविरूद्ध अरू पनि थुप्रै महिलाहरूले यस्तो आरोप लगाएका थिए। तर, ती सबै आरोप छल्दै अगाडि बढेका ट्रम्पका लागि भने डेनियलको आरोप भने एक किसिमको खड्को नै बनेको थियो।

यही क्रममा ट्रम्पले यो खड्को काट्न डेनियललाई एकलाख डलर घुस दिए। पैसा पाएपछि डेनियल हराइन् , ट्रम्पको राष्ट्रपति हुने बाटो खुल्यो। 

तर, यो विषय त्यतिबेला थप पेचिलो भयो जतिबेला ट्रम्पका तत्कालिन वकिल कोहेन पक्राउ परे।  पक्राउ परेपछि उनले ट्रम्पका तर्फबाट आफूले नै डेनियललाई पैसा दिएको र पछि त्यो पैसा ट्रम्पले चुनावका लागि उठाएको चन्दाबाट तिरेको सार्वजनिक गरे।

कोहेनको ययो वयानसँगै घटनाले ट्विस्ट लियो अर्थात् चुनावका लागि उठाएको सार्वजनिक रकमबाट यौनसम्पर्कका लागि पैसा तिरेको भन्ने अर्थ लाग्यो। 

त्यसपछि भने यो विषय ट्रम्पले पैसा दिएको न्युयोर्कको म्यानह्ट्टनमा कानूनी विषय बन्यो। म्यानहटन डिस्ट्रिक्ट एटोर्नीले लामो अनुसन्धान गरेको यस विषयमा आगामी साता मुद्दा दायर गर्ने समाचार सार्वजनिक भएको छ।

मुद्दाको प्रकृति हेर्दा यो फौजदारी मुद्दाले ट्रम्पलाई जेलमै पुर्याउनसक्ने र २०२४ मा राष्ट्रपति हुने सपना चकनाचुर हुने भएकाले पनि उनका लागि यो एक जीवन मरणको प्रश्न बनेको हो।

अमेरिकी समाज यौनसम्बन्धका मामलामा उदार भनिए पनि छाडा भने छैन। त्यसमा पनि सार्वजनिक जीवन बाँच्नेका लागि त यो विषय बेदाग हुन जरूरी मानिन्छ।

प्रकाशित मिति: : 2023-04-04 16:53:00

प्रतिकृया दिनुहोस्