जुम्ला बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनकाे तयारी पूरा

त्रिभुवन विश्वविद्यालयले चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)काे निर्वाचनकाे ताेकेकाे छ। साेही अनुरुप साविककाे कर्णालीकाे एकमात्र आंगिक जुम्ला बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनकाे(स्ववियु) निर्वाचनकाे तयारी पूरा भएकाे छ।

मतपत्र छपाई, परिचयपत्र वितरण, मतदान स्थलकाे व्यवस्थापन, सुरक्षा व्यवस्थालगायत सबै तयारी पूरा भएकाे निर्वाचन समितिका संयाेजक तथा उपप्राध्यापक प्रकाशचन्द्र खत्रीले बताए।

'हामीले विद्यार्थी संगठनहरु, जिल्लाकाे सुरक्षा समिति सबैकाे संयुक्त बैठक बसालेर भाेलिकाे लागि छुट्टै आचारसंहिता बनाएका छाैं,' उनले भने, 'क्याम्पसकाे सम्पूर्ण संयन्त्र चलायमान गरेकाे हुनाले सम्पूर्ण तयारी पूरा भएकाे छ।'

निर्वाचनका लागि आठ वटा विद्यार्थी संगठन र समूह दर्ता भएपनि अध्यक्ष पदकाे उम्मेदवारी पाँच जनाले मात्रै दिएका छन्।

नेविसंघबाट महेश हमाल नेतृत्वकाे प्यानल, अनेरास्ववियुबाट लाेकेन्द्र बुढा नेतृत्वकाे प्यानल, अखिल (क्रान्तिकारी)बाट विष्णु भण्डारी नेतृत्वकाे प्यानल, राप्रविसंघबाट हरि थापा नेतृत्वकाे प्यानल र अखिल(क्रान्तिकारी) विप्लवबाट रमेश रावत नेतृत्वकाे प्यानलकाे उम्मेदवारी परेकाे छ।

नेक्राविसंघ, स्वतन्त्र विद्यार्थी समूह र समाजवादीकाे अनेरास्ववियूले केही पदमा उम्मेदवारी दिएका छन्। निर्वाचनमा हाेमिएका विद्यार्थी संगठनहरुबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएकाे छ।

प्रकाशित मिति: : 2023-03-18 15:10:00

प्रतिकृया दिनुहोस्