सुर्खेत उडेको बुद्ध एयरको जहाज काठमाडौं फर्कियो

File photo
File photo

काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एयरलाइन्सको जहाज पुनः काठमाडौंमै अवतरण भएको छ।

शनिबार विहान ८ बजेर १३ मिनेटमा काठमाडौंबाट सुर्खेतका लागी उडेको विमानमा समस्या देखिएपछि विमान काठमाडौं फर्काइएको हाे। 

बुद्ध एयरलाइन्सकाे यु ४१३३ जहाजको इन्डिकेटरमा समस्या देखिएकाेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गरिएकाे त्रिभुवन विनमास्थल कार्यालयले बताएकाे छ।

जहाज १५ माइल उडान भर्नेवित्तिकै सिमराको आकाशबाट फर्काइएको थियाे।  जहाजमा ६२ जना यात्रु रहेका  थिए। 

प्रकाशित मिति: : 2023-03-18 10:54:00

प्रतिकृया दिनुहोस्