अमेरिकामा एक सातामा तीन बैंक बन्द, कता जाँदैछ अमेरिका ?

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकामा एकसातामा तीन ठूला बैंक बन्द गरिएका छन्। मार्च ९ मा सिल्भरगेट बैंक बन्द भएर सुरू भएको यो श्रृङ्खला सिलिकन भ्याली बैङ्क हुँदै सिग्नेचर बैंकसम्म आइपुगेको छ। सिल्भर भ्याली बैङ्क शुक्रबार बन्द भएको थियो भने आइतबार सिग्नेचर बैंक बन्द भएको हो।

बन्द गरिएका बैंकमध्ये सिलिकन भ्याली बैङ्कको कुल सम्पति २०९ बिलियन डलर रहेको थियो भने सिग्नेचर बैंकको कूल सम्पति ११८ बिलियन डलर थियो। यी दुई बैंकको तुलनामा सिल्भरगेट बैंक सानो बैंक हो जसको कुल सम्पति ०.१६ बिलियन डलर रहेको बताइएको छ।

सिलिकन भ्याली बैंक र सिल्भरगेट बैंक क्यालिफोर्नियाका बैंक हुन् भने सिग्नेचर बैंक न्युयोर्कको। सिल्भरगेट बैंक र सिग्नेचर बैंकको लगानी क्रिप्टो करेन्सीमा केन्द्रित थियो भने सिलिकन भ्यालीको लगानी प्रविधिमा आधारित स्टार्टअपमा। 

अमेरिकामा एकपछि अर्को बैंक बन्द हुँदै गएपछि अमेरिकाको बैंकिङ् प्रणालीमाथि नै प्रश्नचिन्ह उब्जेको छ। ग्राहकहरू बैंकमा आफ्नो पैसा सुरक्षित नहुने भयले धमाधम पैसा निकालिरहेका छन्। बैंकबाट पैसा निकाल्ने ग्राहकहरूको चापका कारण बैंकमा तरलता अभाव हुन थालेको बताइएको छ।

बैंकहरूमा प्रणालिगत जोखिम बढेपछि अमेरिकी नियामक संस्थाहरू ट्रेजरी, फेडरल रिजर्भ, र एफडीआईसीले बैंकहरू बन्द गराएका हुन्। 

यसरी एकपछि अर्को बैंक बन्द हुँदै गएपछि अमेरिकाको बैंकिङ् प्रणालीमाथि नै प्रश्नचिन्ह उब्जेको छ। ग्राहकहरू बैंकमा आफ्नो पैसा सुरक्षित नहुने भयले धमाधम पैसा निकालिरहेका छन्। बैंकबाट पैसा निकाल्ने ग्राहकहरूको चापका कारण बैंकमा तरलता अभाव हुन थालेको बताइएको छ।

यो क्रम थाम्मिने सम्भावना कम आँकलन गरिदैछ। अर्को दिन कुन बैंक बन्द हुने हो?, यसै भन्न सकिने अवस्था छैन। 

बैंकहरू बन्द भए पनि फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशनले २ लाख ५० हजार डलरसम्मको रकम बीमा गरिदिने भएकाले त्यतिसम्मको निक्षेप भने अमेरिकामा सुरक्षित हुन्छ।

प्रकाशित मिति: : 2023-03-14 06:14:00

प्रतिकृया दिनुहोस्