म अहिले पार्टीले दिएको लुम्बिनी प्रदेशको सभामुखकको जिम्मेवारीमा छु। पार्टीले संघीय शासन प्रणालीको महत्वपूर्ण संरचनाको रुपमा रहेको प्रदेशसभाको संस्थापक संसदको हैसियतले संघीयताको अभ्यास, कार्यन्वययन गर्दै अहिले पार्टीले सभामुखको जिम्मेवारी दिएको हो। मेरो राजनैतिक जीवन र वैधानिक जीवनको यात्रा सँग-सँगै जोडियो।
मुलरुपमा नेपालमा संघीय शासन प्रणालीको कार्यन्वयनमा प्रशासनिक, वैधानिक, अनुभवजन्य जटिलताहरु छन्। यी यस्तै जटिलताहरुकोबीचमा पनि नेपाली समाजलाई हेर्दा नेपालमा संघीय प्रणाली आवश्यक देखिन्छ भन्ने कुराको पुष्टि गरेका छौँ। किनभने, प्रदेश सरकार जनताको घर–घरमा पुगेको छ। जनताले खोजिरहेको र सहजै भेटिने प्रदेश सरकार हामीले लुम्बिनिमा स्थापित गर्न सफल भएका छौँ।
राजनैतिक जीवनमा नयाँ संस्थापक प्रदेश सांसदको जिम्मेवारी र दोस्रो कार्यकालमा सभामुख जिम्मेवारी पाउँदा हिजो जनताको अधिकार सुनिश्चिताको काम गरे भने अब प्रदेशको कानुन निर्माणमा मेरो ध्यान हुनेछ। जनताहरुले भोगिरहेको दुःखलाई सहजता प्रदानका लागि जनहितमा कानुन बनाउने काममा मेरो ध्यान हुनेछ।
हामीले पाँच वर्ष प्रदेशसभाको अनुभव गरिसकेका छौँ। संवैधानिक रुपमा हाम्रो कार्य विभाजन भइसकेको छ। संघीयता अर्थात् सबै क्षेत्रमा कार्य विभाजन भइसकेका छन्। संविधानमा लेखिएका कुराहरुलाई एकल अभ्यास र साझा अभ्यासको प्रयास भइरहेको छ। सरकार तीन तहमा विभाजन भइसकेको छ, यसमा पनि प्रदेश सरकारलाई चुनौति छ।
सरकार परिवर्तन भइरहनु राम्रो होइन। तर, बहुदलीय व्यवस्थामा सरकारको हेरफेर हुने कुरा सामान्य पनि हो। नेपालको संविधान र संसदीय राजनीतिको सिद्धान्तअनुसार पाँच वर्षसम्म सरकार चल्नुपर्छ। त्यसपछि मात्र विकारमा स्थिरता आउँछ। सरकार परिर्वतन हुँदा बजेट विनियोजनमा समेत सोचेको जस्तो सहजता हुँदैन। नेपालमा संघीय प्रणाली भए पनि प्रदेशिक, क्षेत्रीय पार्टी नहुँदा केन्दीय सरकार पार्टीले नै प्रदेशका सरकार चलाउने भएकाले केन्द्रमा जस्तो प्रकारको राजनैतिक प्रतिविम्ब देखिन्छ।
कानुन निर्माण, सरकार निर्माण, बजेट पारित र जनमैत्री बजेट बिनियोजित नभए गैरसरकारी विधेयक पारित गरेर भए पनि बजेट निर्माण गरेर नयाँ कानुन निर्माण गर्ने काम संसदको हुन्छ। त्यसैले अब मेरो कार्यकालमा लुम्बिनिमा बनेको ७२ वटा कानुनलाई परिमार्जन गरेर थप कानुन निर्माण गर्ने हो। मैले पहिले पनि भनेँ, संघीय निजामति ऐन नबनेकाले प्रदेशमा समस्या उत्पन्न भएको छ।
पहिलेको सभामुखभन्दा फरक के गर्नुहुन्छ ? भन्नेमा फरक त्यस्तो केही गर्ने होइन। जिम्मेवारी एउटै हो र पात्र फरक छौँ। हामीले काम गर्ने भनेको कानुनको परिधिभित्र रहेर गर्ने हो। अघिल्लो कार्यकालमा आवश्यक शिक्षा, स्वास्थ्य, कुषि, उद्योग धन्दा कलकारखाना, विकासका कानुन निर्माणलगायत ७२ वटा कानुन निर्माण भए।
अब मेरो पहिले काम भनेको प्रदेश निजामति ऐन बनाउने हुन्छ र प्रदेशका कर्मचारी व्यवस्थापन भएपछि काम गर्न सहज हुन्छ। अब नयाँ आवश्यक कानुन विधेक पेस गर्ने र छलफलको बिचबाट जनमैत्री कानुन निर्माण गर्दै प्रदेश सरकारलाई शक्तिशालि रुपमा स्थापित गर्ने मेरो भमिका हुनेछ।
अन्तिममा हाम्रो देशमा प्राकृतिक स्रोत साधनलाई प्रयोग गरेर स्वरोजगारको अभियान चलाए युवाहरुलाई रोजगारी दिन सकिन्छ। त्यसैले हामीले प्रदेशमा भएको साधन स्रोतलाई परिचालन गरेर आर्थिक रुपमा प्रदेशलाई समृद्ध गरेर स्वरोजगारमैत्री बनाउन सरकारलाई ध्यानआकर्षण गराउने काम हुन्छ। मैले ८७ जना माननीयज्यूहरुलाई युवा स्वरोजगारमा ध्यान दिन मैले सभामुखको हैसियतले कानुन निर्माण गरेर समृद्ध र अग्रगामी बनाउन सकिन्छ।
भिडियाेः
-ध्रुब बस्यालले गरेकाे कुराकानीमा आधारित।