समाजवादभित्र स्वार्थको घनचक्कर !

रातोपाटी

रमेश भट्टराई ‘सहृदयी’

राजनीति अस्थिरताबाट सुरु भएर अस्थिरताभित्रै रुमल्लिएर अस्थिरतामै टुङ्गिएको देखिन्छ । हाल स्ववियु निर्वाचनमा देखिइएको केही झडप, हिंसा वा अनाडीपनले भविष्यका नेताहरूमा उही स्कुलिङ बोध भएको देखिन्छ । युद्धको स्कुलिङले घर गरिरहेको छ । न्याय र आदर्शभन्दा बाहिरको अत्याचारी दाउपेचले हामी कता जाँदै छौँ भन्ने पनि लाग्छ ।

यद्यपि सबै अपशकुन मात्रै भएको होइन तर वर्तमान राजनीतिमा स्खलित सिद्धान्तको राग तल्लो तहमा पनि देखिन्छ । यही कुरा मुख्य विसङ्गतिको लप्को हो । विचार र व्यवहारको स्पष्टता नहुनुले भोलिको नेतृत्व कसैका प्रतिष्ठा बनिदिने अनि कसैको भरिया नै बनिरहने त होइनन् ? वर्ग सिद्धान्त र व्यवहारलाई हाम्रो माटोमैत्री बनाउन नसकिएका विषयमा समाजवादका नारा उगेल्नेहरूले बोध गर्नुपर्छ । किनभने पदीय लिप्सामा जुको भएर गाई हुँ भन्न सुहाउँदैन । 

प्रकाशित मिति: : 2023-03-13 17:45:00

प्रतिकृया दिनुहोस्