जुम्लामा स्ववियु निर्वाचनकाे राैनक (भिडियाे)

BreaknLinks
BreaknLinks

त्रिभुवन विश्वविद्यालयले चैत पाँच गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)काे निर्वाचन गर्ने घाेषणा गरेसँगै चुनावी राैनक छाएकाे छ भने विद्यार्थी संगठनहरुले सक्रियता बढाएका छन्।

जुम्ला बहुमुखी क्याम्पसमा शनिबार क्रियाशील विद्यार्थी संगठनहरुले तामझामसहित उम्मेदवारी दर्ता गराएका छन्।

क्याम्पसमा दर्ता भएका विद्यार्थी संगठनहरु प्यानलसहित उम्मेदवारी दर्ताकाे निम्ति ताेकिएकाे समयभित्र सम्पर्कमा आइसकेको निर्वाचन समितिका संयाेजक उपप्राध्यापक प्रकाचन्द्र खत्रीले बताए।

'निर्वाचन समितिले ताेकेकाे समय ११ बजेदेखि २ बजेसम्म सम्मर्कमा आएकालाई क्रमशः उम्मेदवारी दर्ता गर्ने वातावरण मिलाएका छाैं,' उनले भने, 'शान्त वातावरणमा मनाेनयन दर्ता गराउने काम भइरहेको छ।'

काँग्रेस निकट नेविसंघले सुरुमै उम्मेदवारी दर्ता गराएकाे छ। नेविसंघले महेश हमालका नेतृत्वमा प्यानल दर्ता गराएकाे हाे।

सचिवमा खगेन्द्र उपाध्याय र काेषाध्यक्षमा उर्मिला बुढा रहेकाे अध्यक्ष पदका उम्मेदवार हमालले बताए।

उनले भने, 'समग्र क्याम्पसकाे शैक्षिक उन्नतिका लागि हाम्राे उम्मेदवारी हाे,' उनले भने, 'हालसम्म दुईवटा संकायमा मात्रै अध्यापन हुने क्याम्पसमा सबै संकायकाे अध्यापन गराउन हाम्राे भूमिका रहनेछ।

त्यस्तै, दाेस्राेमा एमाले निकट अनेरास्ववियुले उम्मेदवारी दर्ता गराएकाे छ। लाेकेन्द्र बुढाकाे नेतृत्वमा प्यानल दर्ता गराएकाे हाे। अनेरास्ववियुबाट सचिवमा अनिता नेपाली र काेषाध्यक्षमा धन बहादुर बुढाले उम्मेदवारी दिएका छन्।

उम्मेदवारी दर्ता गराएपछि बिएल नेपाली सेवासँग प्रतिक्रिया दिँदै उनले भने, 'समग्रमा शैक्षिक सुधार, पढनपाठन नियमितता, भाैतिक संरचनामा सुधार र छात्रवृत्ति विस्तारका निम्ति हामीले उम्मेदवारी दिएका छाैं।'

त्यस्तै नेकपा माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)ले र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू मिलेर एउटा प्यानल दर्ता गराएकाे छ।

अध्यमा अखिल क्रान्तिकारीबाट विष्णु भण्डारी र सचिवमा जयकृष्ण जैशी तथा काेषाध्यक्षमा अनेरास्ववियूका मेगराज देवकोटासहितको प्यान दर्ता गराएकाे अध्यक्ष पदका उम्मेदवार भण्डारीले बताए।

'शैक्षिक सुधारकाे धराेहरकाे रुपमा स्थापित अखिल क्रान्तिकारी जुम्ला क्याम्पसकाे समग्रमा शैक्षिक सुधारकाे आधारस्तम्भ हाे,' उनले भने, 'हामीले हाम्राे विचार र सिद्धान्तअनुसार काम गर्ने याेजना सहित उम्मेदवारी दिएका हाैं।'

राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राप्रविसंघबाट अध्यक्षमा हरि थापाले उम्मेदवारी दिएका छन् भने सचिवमा पञ्चकली बुढाले उम्मेदवारी दिएकी छन्।

नेपाल कम्युनिष्ट पार्टी विप्लव निकट अखिल क्रान्तिकारी विप्लवबाट रमेश रावत विक्रान्तले अध्यक्षसहित सात सदस्यले उम्मेदवारी दिएका छन् छ भने नेमकिपा निकट नेक्राविसंघले सचिवव र काेषाध्यक्षकाे उम्मेदवारी दिएकाे छ।

स्वतन्त्र विद्यार्थी समूहले काेषाध्यक्षसहित दुई सदस्यमा उम्मेदवारी दिएकाे छ। आगामी चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनको लागि जुम्ला बहुमुखी क्याम्पसमा आठ वटा विद्यार्थी संगठन र समूह दर्ता भएका थिए।

स्ववियु निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा गराउने गरि लागेकाे निर्वाचनमा समितिका सदस्य सचिव पदम बहादुर शाहीले बताए।

जुम्लामा यसअघि २०६५ सालमा स्ववियु निर्वाचन भएकाे थियाे। त्यसयता निर्वाचन हुन सकेकाे थिएन।

प्रकाशित मिति: : 2023-03-11 16:29:00

प्रतिकृया दिनुहोस्