बालबालिकालाई किन आवश्यक छ काउन्सिलिङ ?

रातोपाटी

कृष्णसिंह धामी

के तपाईंका बालबालिका पढ्न मन गर्दैनन् ? एकान्तमा बस्न पराउँछन् ? केही कुरा ग¥यो कि त्रसित हुन्छन् ? यी लगायत थुप्रै खालका समस्या तपाईंको बालबालिकामा देखिरहेको हुन सक्छ । त्यसमा पनि कोरोना महामारीपछि यस्तो खालको समस्या धेरै नै देखिएको छ । 

यस्तो खाले समस्या देखिएमा बालबालिकालाई काउन्सिलिङको आवश्यकता परेको हुन सक्छ । बालबालिकामा देखिने गरेका यावत समस्यालाई मध्यनजर गर्दै विद्यालयहरूले अब काउन्सिलर राख्न थालेका छन् । 

विशेष गरी निजी विद्यालयहरूले काउन्सिलर नै राखेर बालबालिकालाई काउन्सिलिङ गराउँदै आएका हुन् । 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का महासचिव आरबी कटवालले कोरोना महामारीपछि विद्यालयहरूले काउन्सिलर राख्ने क्रम बढेको बताए । ‘अलिकति प्रोग्रेसिभ गर्दै गरेका स्कुलहरूले राखिरहेका छन् ।

प्रकाशित मिति: : 2023-03-10 18:13:00

प्रतिकृया दिनुहोस्