पेन्सेल्भेनियाको कार्लाइलस्थित ‘क्युम्बरल्यान्ड काउन्टी हिस्टोरिकल सोसाइटी’ एक म्युजियम हो। सन १८७४ मा स्थापना भएको यो म्युजियममा कुनै समय जनजीवनमा अत्यन्तै प्रयोगमा आएका र हाल प्राय: लोप भएका विभिन्न साधनहरुको अवलोकन गर्न सकिन्छ।
मानव विकासको क्रमको बारेमा पनि अनुसन्धान गर्न सकिने यो म्युजियममा हालको पुस्ताले देख्दै नदेखेको र पंक्तिकारको पुस्ताले प्रयोग गरेको तर हाल क्रमश: लोप भएका साधनहरु देख्दा बेग्लै प्रकारको रोमान्च पैदा हुन्छ।