नाटक विमोक्ष : ‘जात’–थर ढाँट्ने पुरुषको कुण्ठा

रातोपाटी

ध्रुवसत्य परियार

बितेको जवानीले वर्तमानको वृद्धावस्थासँग निहुँ खोज्दैछ– ‘कसले कसलाई बचाएको छ, त्यो त देखिरहेको छ सारा संसारले । म नभई तिमीले सास पनि फेर्न सक्दिनौँ । जुन दिन मलाई बिर्सन्छ्यौ नि, त्यो दिन तिम्रो सास फुस्सै जान्छ ।’ 

घिमिरे युवराज लिखित र प्रवीण खतिवडा निर्देशित नाटक ‘विमोक्ष’ दुई पात्र (सहयोगी र मुमाहजुर)को बाझाबाझबाट सुरु हुन्छ । झट्ट हेर्दा लाग्छ, सहयोगी र मुमाहजुर फरक पात्र हुन् । नाटकको कथा अगाडि बढ्दै जाँदा सहयोगी पात्र नै मुमाहजुरको अधबैँसे विगत भएर मञ्चमा उत्रन्छे । अनि, दर्शकलाई उपरोक्त संवादको दोहोरो अर्थ महसुस हुन्छ– मुमाहजुर स्मृतिहरू साँचेर बाँचेकी छन् । 

प्रकाशित मिति: : 2023-03-06 12:43:00

प्रतिकृया दिनुहोस्