यी हुन् ९५औँ ओस्कार अवार्डमा मनोनीत केही सिनेमाहरु, यसरी हेर्नुहाेस्

BreaknLinks
BreaknLinks

आउँदो मार्च १२ तारिखमा प्रदान गरिने सिनेमा क्षेत्रको विश्वकै प्रतिष्ठित ९५औँ एकेडेमी अर्थात् ओस्कार अवार्डमा मनोनयनमा परेका केही सिनेमाहरु ओ.टी.टी प्लेटफर्म (जस्तै:नेट्फ़्लिक्स, अमेजन प्राइम, हलु, स्लिङ्ग आदि)हरुमा प्रदर्शनमा छन्। विश्व सिनेमाका उत्कृष्ट सिनेमाहरुमध्ये केही सिनेमाहरु हेरेर आनन्द लिन सकिन्छ।

टप गन मेभरिक

टम क्रुजको मुख्य भूमिका रहेको यो सिनेमा सिनेमाहलमा पनि सुपरहिट भएको थियो। जोसेफ कोसिन्स्कीको निर्देशन रहेको यो सिनेमामा माइल्स टेलर, जेनिफर कोनेली, वाल क्लिमर, जन हम्म आदि कलाकारहरुको अभिनय रहेको छ। यदी तपाईं एक्सन सिनेमा प्रेमी हुनुहुन्छ भने एकपटक अवश्य हेर्नुहोला। यो सिनेमा युट्युब प्रिमियम र स्लिङ्गमा उपलब्ध छ।

अल त्याट ब्रिथ्स

विभिन्न कारणले घाइते भएका चराहरुको उपचार गर्ने दुई दाजु-भाइको कथामा निर्माण भएको यो सिनेमाले धेरै दृशमा भावुक बनाउँछ। नेटफ्लिक्स, हुलु र अमेजन प्राइम भिडियोमा उपलब्ध यो सिनेमा अत्यन्तै उत्कृष्ट छ। शौनक सेनद्वारा निर्देशित यो सिनेमामा नादीम शहज़ाद र मोहम्मद सउदले अभिनय गरेका छन्।

एल्विस

याे प्रसिद्ध गायक एल्विस प्रेस्लेको जीवन कथामा बनेकाे बायोग्राफिकल ड्रामा सिनेमा हो। रक एण्ड रोल सङ्गित र आफ्नो प्रसिद्धिको उपभोग गर्दै सम्पूर्ण अमेरिकामा नश्लवादको बिरोध गर्ने गायक प्रेस्लेकै नाममा निर्माण भएको यो सिनेमाको निर्देशक बाज लुहरमन हुन्। हुलु र रेड बक्समा उपलब्ध यो सिनेमाका अन्य कलाकारहरुमा अस्टिन बट्लर (गायक प्रेस्ले), टम ह्याङ्क्स, ओलिभिया डिजोन्ज, ल्युक ब्रेसी आदि कलाकारहरुले अभिनय गरेका छन।

द ट्रेजेडी अफ म्याकबेथ

सन २०२१ को अन्तिमतिर रिलिज भएको विलियम सेक्सपियरको नाटक ‘म्याकबेथ’मा आधारित यो सिनेमाले तपाईंलाई अमेरिकी इतिहासको बारेमा रमाइलो तरिकाले जानकारी दिन्छ। जोएल कोएनद्वारा लिखित र निर्देशित यो सिनेमामा डेन्जल वाशिङ्ग्टन, केथ्रिन हन्टर, हेरी मेलिङ्ग, एलेक्स ह्सल आदिले अभिनय गरेका छन्। यो सिनेमा एप्पल टिभी प्लसमा उपलब्ध छ।

प्रकाशित मिति: : 2023-03-07 06:00:00

प्रतिकृया दिनुहोस्