दबाबमा परेको अर्थतन्त्रले कसरी लय समात्ला?

नयाँ पत्रिका दैनिक

कृष्णमणि पराजुली

चालू आर्थिक वर्षको १७ खर्ब ९३ अर्बको बजेटको अर्धवार्षिक समीक्षा गर्दा अधिकांश आर्थिक सूचक कमजोर देखिए ।

एकातिर बजेट तर्जुमामै कमजोरी देखियो भने अर्कातर्फ भएको बजेट पनि लक्ष्यअनुरूप कार्यान्वयन हुन सकेन । प्रत्यक्ष रूपमा विकाससँग जोडिएका आयोजनाले लक्ष्य प्राप्त गर्न नसक्ने अवस्था देखियो ।

१७ खर्बको बजेटमा करिब १४ खर्ब त चालू खर्च प्रकृतिको छ । पुँजीगत बजेट धेरै हुनुपर्नेमा चालू बजेट हुँदा विकासको प्रतिफल न्यून हुन गएको छ ।

देशको अर्थतन्त्रमा अपेक्षित उपलब्धि हासिल गर्न राष्ट्रिय महत्वका र रणनीतिक योजना बजेटमा समावेश गरिए । राष्ट्रिय महत्व राख्ने यी आयोजनाको प्रगति ज्यादै र निराशाजनक देखिएको छ । अहिले यी आयोजना लागतजन्य, समयजन्य र गुणस्तरहीन हुन पुगेका छन् । राष्ट्रिय गौरवका योजनाको अवस्था दयनीय भएपछि अर्थतन्त्रमा शिथिलता आउनु स्वाभाविकै देखिन्छ ।

प्रकाशित मिति: : 2023-03-05 17:07:00

प्रतिकृया दिनुहोस्