देखिंदैछ आर्थिक मन्दीको प्रभाव, घरेलु उद्योगलाई समेत नवीकरण गर्न नसक्ने अवस्थामा पुगे उद्योगी

उकेरा

विकाश पराजुली

रुपन्देही सैनामैनाकी अमृता केसीले सेनेटरी प्याड बनाउने उत्पादन मुलक उद्योग खोलेको ३ बर्ष भयो।सुरुवातमा राम्रो चलेको उनको उद्योगको गति अहिले सुस्त छ।

पहिले ५ जना कर्मचारी राखेकी केसी अहिले उद्योगका लागि कर्मचारी राख्न सक्ने अवस्थामा छैनन्। जसोतसो आफू मात्र काम गरिरहेकी छन्।

‘यो काम थालनी भएपछि कोभिड भयो। त्यसपछि अहिले आर्थिक मन्दीले छोयो। कर्मचारी पाल्न नसकेपछि विदा गरें। अहिले यो पेशा गरेर आफ्नै पनि गर्जो टर्न छाड्यो,’ उनले भनिन्।

पछिल्लो एक बर्ष यता यही कारण उनले आफ्नो उद्योग नवीकरण समेत गर्न सकेकी छैनन्। ‘चलाउन सक्ने अवस्था छैन। नवीकरण मात्र गरेर के गर्नु?’ उनले थपिन्।

प्रकाशित मिति: : 2023-03-02 12:39:00

प्रतिकृया दिनुहोस्