लफडापछि बहुमत सदस्यहरुले एन्फा बैठक बहिष्कार गरे

अखिल नेपाल फुटबल सघं (एन्फा)का बहुमत कार्य समितिका ११ जना सदस्यले बैठक बहिष्कार गरेका छन।

बुधबार बसेको बैठकमा एन्फका बहुमत कार्य समिति सदस्यहरुले महासचिव किरण राई र कोषाध्यक्ष रवीन्द्र जोशीलाई बर्खास्त गर्न मागसहितका एजेण्डाहरु बुझाएका थिए। तर, अध्यक्ष पकंजविक्रम नेम्वाङले निवेदनमा भएका एजेण्डा थप्न अस्वीकार गरेपछि विवाद उत्पन्न भएको थियो।

त्यसपछि बैठकमा घुम्साघुम्सी भएकाे थियाे, जसकारण उत्पन्न परिस्थितिपछि उनीहरुले बैठक बहिष्कार गरेर बाहिरिएका छन्।

प्रकाशित मिति: : 2023-03-01 14:37:00

प्रतिकृया दिनुहोस्