उमेश थापा
शुक्रबार (पर्सि)देखि सुरु हुन लागेकाे ए डिभिजन लिग फुटबलकाे लागि टाइटल स्पाेन्सरकाे टुङ्गाे नलाग्दा अखिल नेपाल फुटबल संघ (एन्फा)मा तनाव उत्पन्न भएकाे छ।
प्रतियाेगिता सुरु हुन दुई दिन मात्रै बाँकी रहँदासम्म प्रमुख प्रायाेजककाे रुपमा टाइटल स्पाेन्सर नपाउँदा थप कार्य अगाडि बढाउन समस्या भएकाे एन्फा स्राेतले जनाएकाे छ।
‘गेम पर्सिदेखि सुरु हुँदैछ, टाइटल स्पाेन्सर अहिलेसम्म टुङ्गाे लागेकाे छैन। टाइटल स्पाेन्सर कसले गर्ने भन्ने नै तय भएकाे छैन। यही कारण प्रिटिङकाे काम नै अगाडि बढ्न सकेन,’ एन्फाका एक पदाधिकारीले बिएल नेपाली सेवासँग भने।
एन्फाले टाइटल स्पाेन्सर नपाएका कारण कार्ड डिजाइन, विज्ञापन तथा प्रचारप्रसार सामाग्रीलगायत काम राेकिएकाे छ। यसै विषयमा छलफल गर्नकाे लागि अहिले एन्फा कार्य समितिकाे बैठक बसिरहेकाे छ।
गत वर्षसम्म ए डिभिजन लिगकाे लागि कतार एयरवेजले टाइटल स्पाेन्सर गरेकाे थियाे। यद्यपि, यस वर्ष भने उसले चासाे देखाएकाे छैन। गत वर्ष १.५ कराेड दिएकाे कतार एयरवेजलाई अहिले २ कराेडमा एन्फाले प्रस्ताव राखेकाे थियाे। तर, उसले अहिलेसम्म कुनै प्रतिक्रिया दिएकाे छैन।
त्यस्तै लिग सुरु हुनै लाग्दा एन्फा महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीलाई बर्खात गर्न माग गरेपछि लिग सञ्चालनमा थप समस्या भएकाे छ।
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया