प्रचण्डको कतार भ्रमण रद्द

परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कतार भ्रमण स्थगित भएको छ।

राष्ट्रपति निर्वाचनको तयारी र अन्य कारण देखाउँदै प्रधानमन्त्री प्रचण्ड तत्काल कतार भ्रमणमा नजाने बालुवाटारनिकट स्रोतले जनाएको छ।

‘प्रधानमन्त्रीज्यू अतिकम विकसित मुलुकहरूको सम्मेलनमा कतार जाने कार्यक्रम थियो। तर आज दिउँसो भारतीय दूतावासका एक अधिकारीसँग बालुवाटारमा भेटवार्ता भएपनि नजाने टुंगोमा पुग्नुभयो,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने। 

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपूर्व कांग्रेससहित अन्य साना दलहरू गठबन्धन गर्न पुगेका प्रधानमन्त्री प्रचण्ड भारतप्रति बफादार देखिएका छन्।

‘प्रधानमन्त्री कमरेडले पहिलो विदेश भ्रमण भारतबाटै गर्ने सोच बनाउनुभएको छ, कतार भ्रमण रद्द गर्नुकाे कारण त्याेपनि हुनसक्छ,’ माओवादी केन्द्रका एक पदाधिकारीले भने।

प्रकाशित मिति: : 2023-02-26 21:51:00

प्रतिकृया दिनुहोस्