स्वतन्त्रता शब्दलाई अपहरणमुक्त गराऔँ

नयाँ पत्रिका दैनिक

जोसेफ इ. स्टिग्लिज

आफूलाई अमेरिकाको सच्चा पहरेदार भनेर चिनाउने रिपब्लिकन पार्टीले आफूलाई ‘स्वतन्त्रता’को सबैभन्दा ठूलो रक्षकका रूपमा चिनाउँछ । व्यक्तिले हतियार बोक्नु, घृणास्पद भाषण गर्नु, खोप र मास्क बहिष्कार गर्नुलाई यो पार्टीले स्वतन्त्रता मान्छ ।

यही प्रवृत्ति ठूला कम्पनीमा पनि देख्न सकिन्छ अर्थात् यी कम्पनीका गतिविधिले पृथ्वीलाई विध्वंस नै गरे पनि वा जलवायुमा स्थायी परिवर्तन नै ल्याए पनि यिनले ‘खुला बजार’को राग अलाप्न छाड्दैनन् । यिनले अर्थ व्यवस्था नै टाट पल्टे पनि बैंकलगायत अन्य वित्तीय संस्थालाई नियमनबाट ‘स्वतन्त्र’ पार्नुपर्छ भनेर पैरवी गर्न छाड्दैनन् । 

सन् २००८ को वित्तीय संकट, कोभिड महामारी र जलवायु संकटमा भइरहेको वृद्धिले ‘स्वतन्त्रता’को उल्लिखित अवधारणा अहिलेको समयमा अनुचित र सतही भइरहेको छ । अझै पनि ‘स्वतन्त्रता’को यो बुझाइलाई नै सही भन्ने कि अत्यधिक संकीर्णताले ग्रसित छन् वा अकुत कमाउने लक्ष्य राख्छन् । अर्थात् २०औँ शताब्दीका महान् दार्शनिक इसाही बर्लिनको भाषामा ‘ब्वाँसाका लागि स्वतन्त्रता भनेको मूलतः भेडाको मृत्यु हो’ । अर्काे भाषामा भन्दा कसैका लागि स्वतन्त्रता कसैका लागि दासता हुन सक्छ ।

प्रकाशित मिति: : 2023-02-26 16:49:00

प्रतिकृया दिनुहोस्