एलेक्स रत्नसोथी: नेपालमा २० वर्षदेखि बेपत्ता भाइ खोज्न एक दिदीले गरेको सङ्घर्ष

बिबिसी

काठमाडौं

बीस वर्ष पहिले एलेक्स रत्नसोथीले आफ्नो परिवारसमक्ष आफू "अहिलेसम्मको सबैभन्दा साहसिक यात्रा"मा जान लागेको बताएका थिए। उनी यात्रामा निस्केपछि उनको परिवारले कहिल्यै उनको खबर पाएनन्।

एसेक्सको ग्रेज सहरका २३ वर्षीय उनी सन् २००३ मा नै घर फर्कने ठानिएको थियो।

सन् २००३ को फेब्रुअरीमा उनले एक महिना लामो सगरमाथा आधार शिविरतर्फको पदयात्रामा रहँदा आफू केही दिन सम्पर्कमा नहुने कुरा इमेलमार्फत् बताए।

आफ्नो परिवारका लागि उनले अन्तिम सन्देशमा लेखेका थिए: "तपाईँहरूले सोचेभन्दा छिट्टै फर्कनेछु।"

प्रकाशित मिति: : 2023-02-24 09:13:00

प्रतिकृया दिनुहोस्