राति सुत्नुअघि संगीत सुन्नुहुन्छ भने सावधान !

Dormu
Dormu

अधिकांश मानिसहरुको राति सुत्नुअघि गीत सुन्ने बानी हुन्छ। तर त्यसरी सुत्नुभन्दा अगाडि गीत सुन्नाले निद्रामा समस्या देखिने अध्ययनले देखाएको छ।

टेक्सासका विज्ञहरूले सुत्नुभन्दा अगाडि गीत सुन्नाले लगातार ‘इयरवर्म्स’ अर्थात् दिमागमा उक्त गीतहरू बजिरहनुका साथै निद्रामा पनि समस्या हुने पत्ता लगाएका छन्।

इयरवर्म्स ब्युँझिरहेको अवस्थामा धेरै हुनसक्छ तर, अनुसन्धानले देखाएअनुसार निदाउन कोसिस गरिरहेको बेलामा पनि लगातार दिमागमा गीत बजिरहन सक्छ।

रातमा नियमित रूपमा इयरवर्म्स अनुभव गर्ने मानिसमा छ गुणा बढी निद्रामा समस्या हुने वा उनीहरूको निद्राको गुणस्तर खराब हुने अध्ययनले देखाएको छ।

बायलर युनिभर्सिटीका मनोविज्ञान र न्यूरोसाइन्सका सहयोगी प्राध्यापक माइकल स्कुलिनको नेतृत्वमा अध्ययन गरिएको थियो।

दिमागमा गीत बजेका कारण उनी आफैँ मध्यरातमा ब्युँझेका थिए। प्रायः सबैले गीतले निद्रामा सुधार ल्याउँछ भन्ने सोच्छन्। तर, धेरै गीत सुन्नेमा निद्राको समस्या बढी हुने देखाएको हो। साइकोलोजिकल साइन्स जर्नलमा प्रकाशित उक्त अध्ययनमा दुई सयभन्दा बढी सहभागी थिए।

उनीहरूको निद्राको गुणस्तर, सङ्गीत सुन्ने बानी, कहिले र कति पटक इयरवर्म्सको अनुभवको विषयमा सर्वेक्षण गरिएको थियो।

प्रकाशित मिति: : 2023-02-28 22:10:00

प्रतिकृया दिनुहोस्