राष्ट्रपति कांग्रेसबाटै हुन्छ: कांग्रेस नेता सिंह

राेसन दानी

काठमाडौं

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले उठाउने उम्मेदवार नै राष्ट्रपति निर्वाचित हुने दाबी गरेका छन्।

नेपाल जेसीजको लाेम लिडर एकेडेमी कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले संसदको सबैभन्दा ठूलो दल कांग्रेस भएकोले राष्ट्रपतिमा स्वभाविक दाबी कांग्रेसको रहेको बताएका हुन्।

नेता सिंहले अब भन्ने राष्ट्रपति काँग्रेसकै हुने र नयाँ सत्ता समीकरणकाे बाटाे तय हुने संकेत देखा पर्ने उनकाे भनाइ छ। काँग्रेसबाट काे राष्ट्रपति बन्ने विषयमा खुलाएनन्।

कार्यक्रममा नेता सिंहले फरक प्रसंगमा नेपाल जेसीजकाे विधिकाे शासन र बन्धुत्वकाे भावना र एक वर्ष एक पद एक कार्यकाल प्रजातान्त्रिक प्रणालीको सुन्दर पक्ष रहेकाे उल्लेख गरे।

कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष युवाहरूकाे नेतृत्व र व्यक्तित्व विकासमा जेसीजमा आवद्ध हजारौं युवाहरूलाई तालिमको माध्यमबाट निखार्ने काममा नेपाल जेसीज लाग्ने बताए।

उनले प्रविधिकाे माध्यमबाट विभिन्न एप्स र एमआईएस प्रणालीमार्फत नेपाल जेसीजका हरेक गतिविधि सबै समक्ष पुर्‍याउने जानकारी गराए।

कार्यक्रममा नेपाल जेसीजका पुर्व अध्यक्ष तथा लाेम लिडर एकेडेमीका प्रमुख प्रशिक्षक सुशीलबाबु श्रेष्ठले देशका हरेक नागिरिकहरूलाई तालिमका माध्यमबाट सकारात्मक परिवर्तन ल्याउन सके मात्र देशकाे रूपान्तरण सम्भव हने बताए।

उनले भने, 'जेसीज युवाहरूकाे नेतृत्व र व्यक्तित्व विकासमा कस्ता खाले तालिम आबश्यक छ त्याे प्रदान गर्ने नेपाल जेसीज सक्षम छ।'

कार्यक्रममा नेपाल जेसीजअन्तर्गत देश भरका १७८ शाखाका अध्यक्ष, महासचिव र काेषाध्यक्ष गरी करिब ६ सय जना उपस्थित रहेकाे छ। शुक्रबारदेखि सुरू भएकाे एकेडेमी दुई दिनसम्म चल्ने छ।

प्रकाशित मिति: : 2023-02-17 15:20:00

प्रतिकृया दिनुहोस्