लुम्बिनी प्रदेशको प्रशासनिक भवनको शिलान्यास गरिएको छ।
स्थायी राजधानी देउखुरी दाङमा प्रदेश स्थापना दिवसको असर पारेर मुख्यमन्त्री लिला गिरीले प्रशासनिक भवनको शिलान्यास गरिएको हो।
भवनको शिलान्यास गर्दै मुख्यमन्त्री गिरीले प्रदेशको राजधानी व्यवस्थापनको चरण प्रारम्भ भएको बताए।। उनले भने, ‘राजधानी व्यवस्थापनको चरणको प्रारम्भ भएको छ। सरकारले प्रशासनिक भवन निर्माण कार्यको प्रारम्भ गरेको छ। यो कार्यलाई समयमै सम्पन्न गर्नेछौं।’
राजधानीको निर्णय कार्यान्वयनका क्रममा सरकारले थुप्रै समस्या बेहोरेको बताउँदै उनले चुनौतीलाई अवसरका रुपमा लिएर सरकार अगाडि बढेको बताए। प्रदेशको राजधानीलाई मुलुककै नमुना र उत्कृष्ट बनाउने मुख्यमन्त्री गिरीको भनाई छ।
तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित अन्य ९ वटा मन्त्रालयका प्रशासनिक भवनको शिलान्यास गरिएको छ। भवन निर्माणका लागि शर्मा÷सगुन जे.भीले ठेक्का लिएको छ।
०८२ साल पुस २८ गते भवनको निर्माण सम्पन्न गर्नेगरी मूल्य अभिबृद्धि करबाहेक ३ अर्ब ९ करोड १ लाख २९ हजार ३८ दशमलव ७२ पैँसाको लागत छुट्याइएको छ।