वीरगञ्ज महानगरले अतिक्रमण गरी बनाइएका संरचना हटाउने

वीरगञ्ज महानगरपालिकाले अतिक्रमण गरी बनाइएका संरचना हटाउने भएको छ।

वीरगञ्ज महानगरपालिकाले आदर्शनगर क्षेत्रका १० फिटे नालामाथि बनेका संरचनाहरु ७ दिनभित्र हटाउन सूचना जारी गरेको हो। तोकिएको अवधिभित्र संरचना नहटाए महानगर आफैंले हटाउने जनाएको छ। यसरी हटाउँदा लागेको खर्च सम्बन्धित व्यक्तिबाटै असुल गरिने सूचनामा उल्लेख छ।

महानगरपालिकाले अतिक्रमित भूमि फिर्ता ल्याउनुका साथै अतिक्रमण गरेर बनाइएका संरचना हटाउने अभियान सञ्चालन गरिएको महानगरको भौतिक पूर्वाधार समितिका संयोजक प्रदीपकुमार चौरसियाले बताए।

प्रकाशित मिति: : 2023-02-15 11:06:00

प्रतिकृया दिनुहोस्