सत्ता गठबन्धन भत्किन्छ? ओलीले गरेका ५ संकेत

पहिलोपोष्ट

काठमाडाैँ

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रष्ट वक्ता हुन्। वाकपटुकतामा कतिसम्म सिपालु छन् भने विरोधीलाई सकेसम्मको प्रहार गर्ने र आफ्नै कित्तामा उभ्याउन सकेको कोशिश गर्ने रणनीति नै हो उनको। अघिल्लो दिनसम्म विरोध गरिरहेका ओलीले पुस १० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकम दाहाल प्रचण्डलाई आफ्नो निवास बालकोटमा उपस्थिति गराउन सफल हुनुले नै प्रष्टै पार्छ, ओलीको बोली कति रणनीतिक हुन्छ भन्ने।

ओली अहिले प्रचण्डप्रति नरम त छन् नै तर सांकेतिक रुपमा भने चेतावनी दिन पनि पछि परेका छैनन्। अबको राजनीति सरल रेखामा अघि नबढ्नेसम्म व्याख्या गर्न भ्याएका छन् ओलीले। उनको मंगलवारको मुख्य सन्देश नै त्यही छ- कांग्रेस नेतृत्वको गठबन्धन ढाल्यौं भनेर खुसी भएर बस्ने स्थिति छैन। जतिबेला पनि कांग्रेस फेरि सत्तामा फर्कन सक्ने ओलीको ठम्याइ छ। राष्ट्रपतिको निर्वाचनसम्म राजनीतिमा बदलाब आउन सक्ने सन्देश ओलीले दिइरहेका छन्। 

प्रकाशित मिति: : 2023-02-14 18:30:00

प्रतिकृया दिनुहोस्