'मृत घोषित' बलात्कारी जीवित भएको पत्ता लगाउने भारतकी एक आमा

बिबिसी

काठमाडाैँ

गत वर्ष भारतको उत्तरी राज्य बिहारमा एक महिलालाई उनकी छोरीको बलात्कारीको मृत्यु भएको बताइयो। लगत्तै ती मानिस विरुद्धको मुद्दा बन्द गरिएको थियो। तर, ती महिलाले त्यस व्यक्तिको मृत्यु भएको भन्ने दाबीमाथि प्रश्न उठाइन् र यथार्थ उजागर गरिन्। जसका कारण मुद्दा पुनः चल्यो र अन्ततः उनकी छोरीको निम्ति न्याय सुनिश्चित भयो। बीबीसीका सौतिक बिस्वासले ती आमाको संघर्षको अन्तर्कथा यहाँ प्रस्तुत गरेका छन्।

गत वर्ष, सम्भवतः फेब्रुअरी महिनाको एक बिहान, दुई जना पुरुषहरू भारतको पवित्र नदी गङ्गाको किनारमा अवस्थित दाहसंस्कार स्थलमा पुगे।

उनीहरू हिन्दू परम्परा अनुसार अन्तिम संस्कारका लागि त्यहाँ पुगेका थिए। उनीहरूले दाउरा बोकेका थिए तर रोचक त के भने कुनै शव ल्याएका थिएनन्।

उनीहरू दाहसंस्कार गर्ने ठाउँमा पुगेपछि घटनाले अस्वाभाविक मोड लियो।

प्रकाशित मिति: : 2023-02-14 18:26:00

प्रतिकृया दिनुहोस्