तस्बिरमा ‘भ्यालेन्टाइन डे’ काे रौनक

आज फेब्रुअरी १४ अर्थात ‘भ्यालेन्टाइन डे’। विषेश गरेर युवायुवतीहरुले प्रेम साटासाट गरेर यो दिवस विश्वभर मनाउने गर्छन्। सप्ताह व्यापी मनाइने यो दिवस फेब्रअरी १४ तारिक अन्तिम दिन हो।

यस दिनमा खासगरी युवायुवतीहरूले एकअर्काबीच प्रेम प्रास्ताव गर्ने, माया, सद्भाव, उत्सव साटासाट गर्ने दिनका रुपमा मनाउने गरिन्छ। नेपालमा पनि यसको प्रभाव पछिल्लो समय बढ्दै गएको छ।

सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन रोमका पादरी सेन्ट भ्यालेन्टाइनलाई युवाहरुको विवाह गराएको भन्दै मृत्युदण्ड दिइएकाे थियो। सोही दिनको सम्झनामा दिवस मनाउन थालिएको थियो।

रोमका तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितीयले युवाहरु प्रेम र विवाहतिर लागेमा सैनिक सेवा प्रभावित हुन्छ भन्ने ठानेर प्रेस गर्न प्रतिबन्ध लगाएका थिए। तर भ्यालेन्टाइन भने यो निर्णयका विरुद्धमा लुकिछिपी जोडीहरूको विवाह गराइदिन्थे।

पादरीले विवाह गराइ दिएको खबर सुनेपछि सम्राट द्वितीयको आदेशमा भ्यालेनटाइनलाई प्रक्राउ गरी मृत्युदण्ड दिइएको थियो। उनलाई मृत्युदण्ड दिएको दिनलाई नै प्रेमको विशेष दिनको रूपमा भ्यालेन्टाइन डे भनेर मनाउन थालिएको हो।

आज हामीले भ्यालेनटाइन डेका अवसरमा खास गरी काठमाडौंमा विषय उल्लासका साथ मनाइरहेका छन्। 

 

प्रकाशित मिति: : 2023-02-14 16:21:00

प्रतिकृया दिनुहोस्