नयाँ पुस्तामा जनयुद्ध र माओवादीका एजेण्डाबारे बहस नै भएन: पूर्व मन्त्री पुन (भिडियाे)

कमल प्रभात

काठमाडौं

आज जनयुद्ध दिवस। आजकै दिन अर्थात् वि. सं. २०५२ साल फागुन १ गते पश्चिम नेपालबाट १० वर्षे जनयुद्धकाे प्रारम्भ भएकाे थियाे। राजतन्त्र समाप्त पारेर जनगणतन्त्र स्थापना गर्ने उद्देश्यले माओवादीले आजकै दिन आक्रमण सुरु गरेकाे थियाे। माओवादीले पहिलाे दिन २०५२ फागुन १ सिन्धुली, गोरखा, रोल्पा र रुकुमबाट फौजी कारबाहीसहित क्रान्तिकारी सुरु गरेकाे थियाे। रुकुम आक्रमणको नेतृत्व माओवादीका तत्कालीन जिल्ला सहायक इन्चार्ज गणेशमान पुनले गरेका थिए। उनकै नेतृत्वमा माओवादीले रुकुमको आठबीसकोटमा रहेको प्रहरी चौकीमा आक्रमण गरेकाे थियाे।

आखिर माओवादीले जनयुद्धकाे पहिलाे दिन आठबीसकोटमाको प्रहरी चौकीमा कसरी आक्रमण गरेका थियाे ? जनयुद्धकाे सुरुवात कसरी भएकाे थियाे ? १० वर्षे जनयुद्धलाई माओवादी नेताहरु के भन्छन् ? यी र यस्तै विषयमा रहेका माओवादी केन्द्रका नेता तथा पूर्व वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनसँग बिएल नेपाली सेवाकाे लागि कमल प्रभात विकले गरेकाे भिडियाे कुराकानी प्रस्तुत छ:

भिडियाे:

प्रकाशित मिति: : 2023-02-13 18:58:00

प्रतिकृया दिनुहोस्