निकै उचाइमा देखा परेको 'एक मानवरहित वस्तु' अलास्कामाथिबाट खसालिएको अमेरिकी भनाइ

बिबिसी

काठमाडाैँ

निकै उचाइमा देखा परेको एक अपरिचित वस्तुलाई उत्तर ध्रुवीय महासागरमाथि अमेरिकी लडाकु विमान एफ-२२ ले क्षेप्यास्त्र प्रहार गरेर खसालिदिएको छ। उक्त वस्तु कहाँबाट आएको थियो भन्ने थाहा हुन सकेको छैन।

वासिङ्टनले ‘चिनियाँ जासुसी बलुन’ भन्दै त्यसलाई उसको सेनाले अमेरिकी जल क्षेत्रमा खसालेको झण्डै एक सातापछि यस घटना बाहिर आएको हो।

एउटा सानो आकारको कारजत्रो उक्त वस्तुका भग्नावशेष सङ्कलनको काम भइरहेको अमेरिकी सेनाले जनाएको छ।

प्रकाशित मिति: : 2023-02-11 16:03:00

प्रतिकृया दिनुहोस्