फिफा बर्ष खेलाडीका लागि मेस्सीसहित तीन मनोनयन, रोनाल्डो परेनन्

photo : reuters
photo : reuters

लियोनल मेस्सी, केलियन एमबाप्पे, करिम बेन्जेमा द वेष्ट फिफा पुरुष खेलाडी अवार्डको अन्तिम मनोनयनमा परेका छन्।

फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले १४ खेलाडीलाई दिएको मतका आधारमा अन्तिममा तीन जनाको नाम तय भएको हो।सन् २०२१ अगष्ट ८ देखि २०२२ डिसेम्बर १८ को प्रदर्शनका आधारमा उनीहरुलाई छनोट गरिएको हो।

सन २०१८ वाट सुरु भएको यो अवार्डका लागि मेस्सी अन्तिम तीनमा पर्न एक पटक मात्र असफल भएका खेलाडी हुन। यी तीन मध्ये सन् २०१९ मा अर्जेन्टिनाका कप्तान मेस्सीले द वेष्ट फिफा अवार्ड जितिेसकेका छन्। मेस्सी मनोनयनमा नपरेको २०१८ को संस्करणमा लुका मोड्रिचले जितेका थिए भने पछिल्लो दुई सिजन रोर्बेटो लेवान्डोस्कीले द बेष्ट फिफा अवार्ड जितेका छन। 

तर, यस बर्षको उत्कृष्ट खेलाडी मनोनयनमा रोनाल्डो भने मनोनयनमा परेनन। यसअघि उनी प्रायः पर्दै आएका थिए।

प्रकाशित मिति: : 2023-02-11 10:27:00

प्रतिकृया दिनुहोस्