नयाँ उदाएका पार्टी वैकल्पिक होइनन्, दलाल पूँजीवादी हुन्: विप्लव (भिडियाे)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द्र (विप्लव) ले संसदमा देखिएका नयाँ पार्टीहरु वैकल्पिक शक्तिहरु नरहेको बताएका छन्।

९औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको निर्णय सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्।

बुधबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममार्फत सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमार्फत भनेका छन्, ‘नयाँ संसदवादी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नगरिक उन्मुक्ति र जनमत पार्टी सत्ता र शक्तिको विकल्प होइनन्। जनता सचेत नबन्ने हो भने वैकल्पिक शक्तिका रुपमा उदाएको सोचले जनतालाई असफल दलाल, पूँजीवादी सत्ता र संसदीय व्यवस्थाभित्र घुमाउने छ।’

विज्ञप्तिमा यी नयाँ दलहरु पुरानो संसदीय व्यवस्था, संसदवादी पार्टी, तिनका नेताहरुको असफलता र तिनीहरुप्रति बढेको अविश्वासको अस्थायी प्रतिकृया स्वरुप उदाएको उल्लेख गरिएको छ।

प्रकाशित मिति: : 2023-02-08 14:16:00

प्रतिकृया दिनुहोस्